यूएई । इन्डेक्स एक्सचेन्जले दसैँ–तिहारलाई लक्षित गर्दै ‘विन अ मिलियन’ प्रमोशनको पाँचौँ संस्करण सुरु गरेको छ। यस अभियानअन्तर्गत यूएईबाट नेपालमा पैसा पठाउने ग्राहकले १० लाख नेपाली रुपैयाँसम्म नगद पुरस्कार तथा सुन जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार प्रमोशन सन् २०२६ नोभेम्बर १० सम्म सञ्चालन हुनेछ। पहिलो लक्की ड्र अक्टोबर १२ मा आयोजना गरिनेछ। ग्राहकले इन्डेक्स एक्सचेन्जका शाखामार्फत नेपालमा रेमिट्यान्स पठाएर अभियानमा सहभागी हुन सक्नेछन्।
इन्डेक्स एक्सचेन्जले यूएईको रेमिट्यान्स क्षेत्रमा पाँच दशकदेखि सेवा दिँदै आएको जनाएको छ। प्रवासी समुदायलाई आर्थिक सेवा उपलब्ध गराउँदै आएको कम्पनीले चाडपर्वका बेला परिवारलाई रकम पठाउने ग्राहकलाई थप पुरस्कारको अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको हो।
यसअघि सन् २०२५ मा चौथो संस्करण सञ्चालन गरिएको थियो। अघिल्ला संस्करणको निरन्तरताका रूपमा ल्याइएको पाँचौँ संस्करणले दसैँ–तिहारका बेला नेपालमा रकम पठाउने ग्राहकलाई लक्षित गरेको कम्पनीले जनाएको छ।
कम्पनीले ग्राहकलाई नोभेम्बर १० भित्र नेपालमा पैसा पठाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।








