काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। नेप्से ४ अंकले वृद्धि भई २ हजार ५९५ अंकमा कायम भएको हो।

अघिल्लो कारोबार दिन नेप्से १७.१५ अंकले बढेको थियो। सोमबार भने बजारमा कारोबार रकम घटेको छ। अघिल्लो दिन ४ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

सोमबार कारोबारमा आएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। त्यस्तै, ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ र व्यापार समूहमा वृद्धि

समूहगत सूचकतर्फ सोमबार बैंकिङ समूह सबैभन्दा बढी १.०१ प्रतिशतले बढेको छ। व्यापार समूहको सूचक पनि १.०२ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, विकास बैंक समूह ०.५३ प्रतिशत, फाइनान्स ०.२१ प्रतिशत र जीवन बीमा समूह ०.०५ प्रतिशतले बढेका छन्।

यसको विपरीत होटल तथा पर्यटन समूह ०.८७ प्रतिशत, जलविद्युत् ०.४६ प्रतिशत, लगानी ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१९ प्रतिशत, निर्जीवन बीमा ०.१२ प्रतिशत, अन्य समूह ०.४२ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०१ प्रतिशतले घटेका छन्।

धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो

सोमबार धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढेको छ। स्नो रिभर्सको मूल्य १३.९२ प्रतिशत, बुंगल हाइड्रोपावरको ४.७५ प्रतिशत र सुपर माई हाइड्रोपावरको ३.९८ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, रिजलाइन इनर्जीको सेयर मूल्य ६.२९ प्रतिशत, टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२ प्रतिशत, होटल फरेस्ट इनको ४.०१ प्रतिशत र नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशतले घटेको छ।

यी कम्पनीको कारोबार बढी

सोमबार कारोबार रकमका आधारमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन डिस्टिलरी अगाडि रहेका छन्।

समग्रमा नेप्से सामान्य अंकले बढे पनि घट्ने कम्पनीको संख्या बढ्ने कम्पनीभन्दा बढी रहेको छ। कारोबार रकममा आएको गिरावटसँगै बजारमा मिश्रित प्रवृत्ति देखिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय