काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार जाहेरी तथा उपलब्ध प्रमाणका आधारमा खड्काको संलग्नता पुष्टि हुने पर्याप्त आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीसहित पक्राउ परेकाहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।

अदालतको आदेशसँगै खड्कालाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाइने भएको छ। यद्यपि, थुनाबाहिर राखेर अनुसन्धान गर्ने आदेशले आरोपबाट पूर्ण रूपमा सफाइ पाएको अर्थ भने लाग्दैन।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय