काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भए पनि वर्षाका कारण टससमेत हुन नसकी खेल रद्द भएको थियो।
वर्षा रोकिएपछि त्रिवि क्रिकेट मैदानमा खेलका लागि ढाकिएका कभरहरू हटाइएको छ। यससँगै दोस्रो खेल सञ्चालन हुने अपेक्षा गरिएको छ।
यसैबीच, नेपाल मौसम विज्ञान विभागका अनुसार देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ। हाल कोशी, बागमती र मधेश प्रदेशमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
विभागका अनुसार पछिल्लो एक घण्टामा कोशीदेखि बागमती प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।








