कपिलवस्तु । कपिलवस्तुमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

कपिलवस्तु नगरपालिका–६ स्थित थुमुवा चोकमा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय मुस्तकीन मुसलमानको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ५५ वर्षीय मजर हुसेन गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार जितपुर–तौलिहवा सडकखण्डमा ओदारीबाट तौलिहवातर्फ जाँदै गरेको लु १ ख ८६४३ नम्बरको स्काई लार्क बोर्डिङ स्कुलको बसले थुमुवा गाउँबाट राजमार्गतर्फ निस्कँदै गरेको यूपी ५५ एल ०४८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले मुस्तकीनलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते मजरलाई थप उपचारका लागि भैरहवा पठाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाणगंगा नगरपालिका–११ निवासी ३१ वर्षीय गोविन्द थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मनोहरकुमार भट्टले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय