काठमाडौँ । प्रहरीले सिन्धुलीबाट खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ निवासी २९ वर्षीय मन्जित योञ्जन रहेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले सोमबार सुनकोशी गाउँपालिका–१ स्थित नेपालथोकबाट उनलाई नियन्त्रणमा लिएको हो।
लागुऔषध नियन्त्रण ब्यूरोका डीएसपी जीवन निरौलाका अनुसार मोटरसाइकलमा सवार योञ्जनलाई पक्राउ गर्ने क्रममा उनी भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।
प्रहरीले उनको साथबाट ९० ग्राम १६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
पक्राउ परेका योञ्जनमाथि इलाका प्रहरी कार्यालय खुर्कोटले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।








