काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यका सबै निकायमा संस्थागत शुद्धीकरण अभियान तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले राज्यका विभिन्न अंगमा देखिएका समस्या समाधान गर्न सरकारले दृढतापूर्वक शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूका विषयमा पछिल्लो समय सार्वजनिक भएका सवालमा निष्पक्ष र विधिसम्मत छानबिन गर्न तयार रहेको सर्वोच्च अदालतको पूर्ण बैठकको पाँचबुँदे निर्णयलाई उनले सकारात्मक रूपमा लिएका छन्।

संविधानको सर्वोच्चता र कानुनी शासनको संरक्षण गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतको रहेको उल्लेख गर्दै भट्टराईले सुशासनको सुरुवात पनि त्यहीँबाट हुनुपर्ने धारणा राखेका छन्।

उनका अनुसार सर्वोच्च अदालतबाटै संस्थागत शुद्धीकरण प्रक्रिया अघि बढाउन सके राज्यका अन्य निकाय र तहमा समेत व्यवहारमै सुशासन कायम गर्न सहज हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय