काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कसैको धम्की वा दबाबबाट नडराउने बताएका छन्।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले आफूलाई तर्साउन खोज्ने धेरै भए पनि डराउने बानी नरहेको प्रतिक्रिया दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘अहिले ठीक १८ः०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’
थापाको यो अभिव्यक्ति प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सामाजिक सञ्जालमा दिएको चेतावनीपूर्ण अभिव्यक्तिको भोलिपल्ट आएको हो।
प्रधानमन्त्री शाहले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि थापाले दिएको प्रतिक्रियालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।








