काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएको ११औँ खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन जोडे। ४० बलको सामना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरे। १८.१ ओभरमा स्कट केग्गुलिनको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका बोपारा अर्धशतक पूरा गर्न एक रनले चुके।

चितवनले सुरुवातमै देव खनालको विकेट गुमाएको थियो। त्यसपछि ब्याटिङमा आएका अर्जुन साउदले १५ रन बनाए भने अर्का ओपनर डाविड मालान १६ रनमा आउट भए।

कप्तान सिकन्दर राजाले १३ रनमा जीवनदान पाए पनि त्यसलाई ठूलो इनिङ्समा बदल्न सकेनन्। उनी १५ रन बनाएर पभेलियन फर्किए। विवेक यादवले १७ रन बनाएर रनआउट भए भने टम टेलर ६ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि स्कट केग्गुलिनले २ विकेट लिए। त्यस्तै, हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १ विकेट हात पारे।

सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय