नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्।

जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो। जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९ रनको जित दर्ता गरेको थियो।

विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा विराटनगरले कर्णाली याक्ससँग ४ विकेटको हार बेहोरेको थियो। तेस्रो खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले हराएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय