काठमाडौँ । भारतबाट खैरो हेरोइन ल्याएर काठमाडौंमा बिक्री वितरण गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयको निगरानीपछि भारतको मधुवनी निवासी ३५ वर्षीय मोहम्मद सन्तोष नदापलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनलाई काठमाडौं महानगरपालिका–६ स्थित एक होटलको कोठाबाट ८० ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित नियन्त्रणमा लिइएको हो।

ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा नदापले यसअघि पनि पटक–पटक भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्ने गरेको खुलेको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय