काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २५ गते पर्ने भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।
समितिले भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्किने र दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिने जनाएको छ।
समितिले सार्वजनिक गरेको तिहारको तालिकाअनुसार कात्तिक २१ गते काग तिहार, २२ गते कुकुर तिहार तथा लक्ष्मीपूजा, २३ गते गाईपूजा र २४ गते गोवर्धन पूजा तथा म्हपूजा मनाइनेछ।
तिहारको अन्तिम दिन कात्तिक २५ गते दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।








