काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार २८० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर ३ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज १० ग्राम चाँदीको मूल्य ३ हजार १३४ रुपैयाँ कायम भएको छ ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय