काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले नयाँ आईजीपी नियुक्तिको उद्देश्य सरकारको निर्देशनअनुसार काम गराउनु रहेको हुन सक्ने टिप्पणी गरे।

‘ए, उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला,’ ओलीले भने।

यसैबीच, नेपाली कांग्रेसका सभापति गगन थापासँग अघिल्लो दिन भएको भेटवार्ताबारे पनि ओलीले प्रतिक्रिया दिएका छन्। उनले थापासँगको भेटमा राजनीतिक विषयमा कुराकानी भएको र छलफल सकारात्मक रहेको बताए।

‘खास राम्रो कुरा भयो। राजनीतिक कुराहरू भए,’ ओलीले सञ्चारकर्मीसँग भने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय