काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन् । रसुवा बाढीले पुर्‍याएको क्षति एवम् राहत उद्धारको सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘हामीले एक दिनमा उठाउने राजस्व पनि विदेशीले वर्षभरि दिने अनुदान कम हुन थालिसक्यो, अब सहुलियतपूर्ण ऋणको विकल्प छैन’ उनले भने ।

चालु आर्थिक वर्षका लागि सरकारले ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको अनुदान सहयोग प्राप्त गर्ने अनुमान गरेको थियो ।  बजेट आएको पाँच महिनापछि उनले अनुमानित रकमको १० प्रतिशत हाराहारीमा मात्रै अनुदान आउने प्रक्षेपण गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय