काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामकारबाहीलाई हिन्दी जासुसी सिनेमासँग तुलना गर्दै आलोचना गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि अनिश्चित र अस्वाभाविक देखिन थालेको टिप्पणी गरे । हिन्दी जासुसी फिल्ममा वास्तविकताभन्दा फरक र असम्भवजस्ता घटना देखाइएझैँ सरकारको कार्यशैली पनि त्यस्तै भएको उनको भनाइ थियो ।

‘कतिबेला कुन पत्रकार पक्राउ पर्ने हो, कसैमाथि कहिले आक्रमण हुने हो, कर्मचारीतन्त्र वा नेतामाथि के हुने हो भन्ने कुनै टुंगो छैन,’ उनले भने, ‘सरकारका गतिविधिले आफैँ अनिश्चित अवस्था सिर्जना गरेको छ ।’

प्रचण्डले पुराना राजनीतिक दल र तिनका नेतृत्वप्रति वर्तमान सत्ता पक्ष तथा नयाँ पुस्ताबाट नकारात्मक टिप्पणी हुने गरेकोप्रति पनि असन्तुष्टि जनाए ।

गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा भएका उपलब्धिलाई बेवास्ता गर्दै पुराना दलका नेताहरूलाई अपराधी र बदमासका रूपमा चित्रण गर्न खोजिएको उनको आरोप थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय