काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया विधि र विधानअनुसार सम्पन्न भएको दाबी गरेका छन् ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत् रक्तदान कार्यक्रममा बोल्दै शर्माले पार्टीले कुनै पनि विधि, प्रक्रिया र विधान उल्लंघन नगरेको बताएका हुन् ।

उनले राष्ट्रिय आवश्यकता र बदलिएको परिस्थितिअनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउन विशेष महाधिवेशन गरिएको उल्लेख गर्दै यसबारे कुनै भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

सामाजिक सञ्जालमा पार्टीका नेताहरूलाई जोडेर विभिन्न आर्थिक लेनदेनसम्बन्धी अपुष्ट आरोप फैलाइएको भन्दै उनले त्यस्ता हल्लाको पछि नलाग्न पनि आग्रह गरे । कुनै व्यक्तिले भनेकै आधारमा आरोपलाई सत्य मान्न नमिल्ने उनको तर्क थियो ।

शर्माले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै काम इमानदारीपूर्वक विधि, विधान र प्रक्रियाअनुसार सम्पन्न भएको दोहोर्‍याउँदै कांग्रेस अब देशका लागि नयाँ सपना र लक्ष्य बोकेर अघि बढ्ने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय