काठमाडौं । भारतको झारखण्डस्थित खुन्टी जिल्लामा सडक दुर्घटना हेर्न भेला भएका मानिसहरूलाई तीव्र गतिमा आएको ट्रकले किच्दा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन बालबालिका समेत रहेका छन्।

प्रहरीका अनुसार कर्रा–टोर्पा मुख्य सडकमा खाल्डोमा खसेको स्कुटर चालकको उद्धारका लागि केही मानिसहरू घटनास्थलमा भेला भएका थिए। सोही क्रममा तीव्र गतिमा आएको ट्रकले भीडलाई ठक्कर दिँदै किचेको थियो।

अँध्यारोमा सडकको मोडमा ट्रक आइपुग्दा दुर्घटना भएको बताइएको छ। घटनामा सात जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

घटनाप्रति झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार खुन्टीका प्रहरी अधीक्षक ऋषभ गर्गले बिहीबार राति उक्त दुर्घटना भएको जानकारी दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय