सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ । शुक्रबार साँझ बसेको बैठकले विभिन्न कार्यविधि तथा नियमावली स्वीकृत गर्नुका साथै स्याउ विकास बोर्डसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठकले गरेका निर्णयहरू यसप्रकार छन् ।

१. ‘कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने ।

२. ‘कर्णाली प्रदेश घर बीमासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गर्ने ।

३. ‘कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने ।

४. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाहरूको अस्थायी सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।

५. ‘मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने ।

बैठकका निर्णयले प्रदेशमा लोककल्याणकारी विज्ञापन वितरण, घर बीमा, स्याउ उत्पादन तथा विकास, पूर्वाधार आयोजना सञ्चालन र दलित समुदायको आयआर्जन कार्यक्रमसँग सम्बन्धित विषयलाई सम्बोधन गर्ने देखिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय