काठमाडौँ । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले सुदूरपश्चिम प्रदेशको अधिवेशन मंसिर १५ र १६ गते गर्ने भएको छ।
देउवाको गृहप्रदेशसमेत रहेको सुदूरपश्चिमको अधिवेशन कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा आयोजना गरिने प्रदेश सभापति वीरबहादुर बलायरले जानकारी दिएका छन्। उनले शनिबार विज्ञप्ति जारी गर्दै अधिवेशनको मिति र स्थान सार्वजनिक गरेका हुन्।
बलायरका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेका छन्।








