काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको उत्खनन प्रक्रिया अघि नबढाएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी वैशाखदेखि नै व्यावसायिक उत्पादन सुरु हुनुपर्ने अवस्था रहे पनि सरकारले त्यसतर्फ आवश्यक प्रक्रिया अघि नबढाएको आरोप लगाए ।

दैलेखको खानीबाट नेपालले अर्बौं रुपैयाँ बराबरको आर्थिक लाभ लिन सक्ने सम्भावना हुँदाहुँदै सरकारले काम रोकेको उनको भनाइ थियो ।

‘कुनै काम हुन नसक्ने गरी रोक लगाइएको छ । कतिपय विकास निर्माणका काम रोकिएका छन् र ठेक्का रद्द गरिएको छ,’ ओलीले भने ।

सम्बोधनका क्रममा उनले एमालेभित्रको आन्तरिक कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए । एमाले इमानदारीको उदाहरण बन्नुपर्नेमा पछिल्लो समय त्यस्तो छवि कमजोर हुँदै गएको उनको टिप्पणी थियो । अरूको आलोचना गर्नुअघि पार्टीभित्रको अवस्था मूल्याङ्कन गर्दै आफ्नो प्रतिबद्धता र व्यवहार सुधार्नुपर्ने उनले बताए ।

ओलीले पार्टीमा नेता धेरै भए पनि काम गर्ने प्रवृत्ति कमजोर बन्दै गएको उल्लेख गरे । विगतमा नेता तथा कार्यकर्ता कम भए पनि उनीहरू जनतामाझ पुगेर सक्रिय रूपमा काम गर्ने गरेको स्मरण गर्दै उनले अहिलेको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय