काठमाडौँ । ललितपुर महानगरपालिका–१० स्थित एक भवनमा शनिबार दिउँसो आगलागी भएको छ ।
वडा नं. १० को कार्यालयसँगै देब्रेतर्फ रहेको उक्त भवनमा आगलागी भएको हो । युएन पार्कको ठीक अगाडि रहेको भवनमा ‘सेकुवालय’ नामको रेस्टुरेन्ट सञ्चालनमा रहेको थियो ।
आगलागी भएपछि दमकलको सहायतामा आगो निभाइएको प्रहरी परिसर जावलाखेलले जनाएको छ । प्रहरीका अनुसार अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ ।
आगलागीबाट भएको क्षति तथा घटनाको कारणबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ ।








