जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच सोमबार धनुषाको जनकपुरधाममा भेटवार्ता भएको छ।
भेटका क्रममा दुईबीच राजनीति र पत्रकारिताका विषयमा रोचक संवाद भएको थियो। लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए।
‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए।
संवादकै क्रममा धमलाले लामिछानेलाई पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझाव दिएका थिए। त्यसको जवाफमा लामिछानेले ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ’ भन्दै प्रतिक्रिया दिएका थिए।
हाल लामिछाने र धमला दुवै आ–आफ्नो कार्यक्रमका सिलसिलामा मधेस प्रदेशमा रहेका छन्। उनीहरूबीचको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।








