काठमाडौं । मुगुको रारा क्षेत्रमा भएको जिप दुर्घटनामा घाइते भएकी थप एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा घाइते ललितपुर महानगरपालिका–१५ निवासी ५४ वर्षीया अञ्जु थापाको सोमबार काठमाडौंस्थित बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार अञ्जुको मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

गम्भीर घाइते अञ्जु र जिप चालक ५८ वर्षीय कञ्चन थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै काठमाडौं ल्याइएको थियो। चालक कञ्चनको भने बीएण्डबी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घटनास्थलमै मृत्यु भएका अन्य तीन जनाको पहिचान काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश पिडारी र ५० वर्षीय पूर्णकुमार थापाका रूपमा खुलेको छ। उनीहरूको शव सेनाको हेलिकप्टरबाट सुर्खेत पुर्‍याएर त्यहाँबाट शववाहनमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

आइतबार साँझ काठमाडौंस्थित रारा तालतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ च १८६४ नम्बरको हाइलक्स जिप मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित जिमाकाँरा भिरबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय