काठमाडौं । कञ्चनपुरमा १९.६८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो धनगढीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका–६, चान्देउबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१६ निवासी २५ वर्षीय डेभिड चौधरी र ३४ वर्षीय नरेन्द्र डगौला रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई खैरो हेरोइनको खरिद–बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूको साथबाट १९.६८० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र म २ प ३३४५ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय