काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षाको मर्यादा उल्लङ्घन गरेको आरोपमा चार जना परीक्षार्थीलाई दुई वर्षका लागि निष्कासन गरेको छ।

स्नातक तह व्यवस्थापन सङ्कायअन्तर्गत चारवर्षे बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा त्रिविले उनीहरूमाथि कारबाही गरेको हो। कारबाहीमा परेका परीक्षार्थीले आगामी २०८४ सालसम्म त्रिविअन्तर्गतका कुनै पनि परीक्षामा सहभागी हुन पाउने छैनन्।

गत साउनमा सञ्चालन भएको बीबीएस प्रथम वर्षको नियमित परीक्षाको नतिजा केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

परीक्षार्थीहरूले त्रिविको आधिकारिक वेबसाइट result.exam.tu.edu.np मार्फत नतिजा हेर्न सक्नेछन्।

त्यस्तै, उत्तीर्ण तथा परीक्षामा सहभागी विद्यार्थीहरूको लब्धाङ्कपत्र (मार्कसिट) सम्बन्धित क्याम्पसले टीयू–ईएमआईएस पोर्टलबाट प्रिन्ट गरी वितरण गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय