काठमाडौं । ललितपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार गोदावरी नगरपालिका–६, भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र गोदावरी–५, चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ५ लाख ७३ हजार ६३५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरेको जनाएको छ।
दुवै स्थानबाट पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।








