काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन्। दुई दिनसम्म चल्ने अधिवेशनको उद्घाटनका लागि देउवा आफ्नो गृहप्रदेश सुदूरपश्चिम जाने कार्यक्रम तय भएको हो।

प्रदेश सभापति वीरबहादुर बलायरका अनुसार अधिवेशनको उद्घाटन देउवाबाट गर्ने कार्यक्रम तय भएको छ।

यसअघि बलायरले विज्ञप्ति जारी गर्दै कैलालीको धनगढीस्थित सौराइ स्क्वायरमा प्रदेश अधिवेशन आयोजना हुने जानकारी दिएका थिए।

अधिवेशनको उद्घाटन समारोह मंसिर १५ गते बिहान ११ बजे सुरु हुने विज्ञप्तिमा उल्लेख छ। साथै, सुदूरपश्चिमका नौवटै जिल्लाका वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ।

यसैबीच, पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’ गठन गरेको देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय