झापा । झापा गाउँपालिका–५ का ४२ वर्षीय दीपककुमार गणेशको पैनीमा डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार झापा गाउँपालिका–५ स्थित हुक्लाबारीको पैनीमा उनी आज बिहान करिब ९ः३० बजे घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए।
स्थानीयले घटनाबारे प्रहरी चौकी शरणामतिमा जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पताल पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।








