वीरगञ्ज । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला र नेपाली कांग्रेसका सभापति गगन थापाबीच पर्साको वीरगञ्जमा भेटवार्ता भएको छ। छठ पर्वको अवसरमा मधेस प्रदेश पुगेका उनीहरूबीच सोमबार संक्षिप्त कुराकानी भएको हो।

भेटका क्रममा विशेषगरी मधेस प्रदेशको विकास, समृद्धि र राजनीतिक सहकार्यका विषयमा छलफल भएको बताइएको छ। धमलाले सरकारको आलोचनामा मात्र सीमित नभई राजनीतिक दलहरूबीच सहकार्य र समन्वय गरेर मुलुकको विकासमा अघि बढ्नुपर्ने धारणा राखेका थिए।

त्यसक्रममा धमलाले हालै सर्लाहीको चक्रघट्टामा भएको माइक्रोबस दुर्घटनामा अभिभावक गुमाएका तथा अलपत्र अवस्थामा रहेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिनुपर्ने प्रस्ताव पनि थापासमक्ष राखेका थिए।

उनले ती बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका थिए। धमलाको प्रस्तावप्रति कांग्रेस सभापति थापाले सकारात्मक प्रतिक्रिया जनाउँदै यस विषयमा आन्तरिक छलफलसमेत गरेको बताइएको छ।

छठ पर्वको अवसरमा भएको उक्त भेटमा मधेसको विकाससँगै राजनीतिक सहकार्य र विपत्तिमा परेका बालबालिकाको शिक्षा तथा भविष्य सुनिश्चित गर्ने विषयमा कुराकानी भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय