काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा स्थानीय तहलाई अधिकारसम्पन्न र बलियो बनाउने प्रक्रियामा आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन्।

सोमबार राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले स्थानीय तहको सुदृढीकरण एमालेको निरन्तर प्रयासको परिणाम भएको बताएका हुन्।

उनले २०५४ सालमा कानुनी सुधारका लागि गरिएको पहलदेखि संविधान निर्माणका क्रममा स्थानीय तहको अधिकार सूची निर्धारण गर्नेसम्मका प्रक्रियामा एमालेले अगुवाइ गरेको जिकिर गरे।

‘नेपालमा स्थानीय तह बलियो बनाउने कुराको फाउन्डर नै एमाले हो,’ पोखरेलले भने, ‘आज स्थानीय तह किन बलिया भएका छन् भन्ने कुरा एमालेको निरन्तर प्रयत्नको परिणाम हो।’

स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने विषयमा एमालेले विगतदेखि नै पहल गर्दै आएको उल्लेख गर्दै उनले कानुनी तथा संवैधानिक व्यवस्थामार्फत स्थानीय सरकारको भूमिका सुदृढ बनाउन पार्टीले योगदान गरेको दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय