जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जनकपुरधाम उपमहानगरपालिका–१९ कठाईतस्थित सडकमा मोटरसाइकलले ठक्कर दिँदा मिथिला बिहारी नगरपालिका–९ कटरेज टोलका २६ वर्षीय प्रशान्त कुमार यादवको मृत्यु भएको हो।
प्रहरीका अनुसार श्रीरीपुरबाट कठाईततर्फ जाँदै गरेको प्रदेश ०२–००४ प २०४६ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेका यादवलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
घटनापछि प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।








