काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा दुई थान पहेँलो अर्धठोस पदार्थ फेला परेको थियो। बरामद पदार्थको तौल ६३५.९६ ग्राम रहेको प्रहरीले जनाएको छ।

भन्सार छली गरी अवैध रूपमा उक्त पदार्थ ल्याउन खोजेको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो।

बरामद पदार्थ परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय