काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याप्रति सरकार गम्भीर बन्न नसकेको भन्दै यस्ता मुद्दालाई कांग्रेसले प्रभावकारी रूपमा उठाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल देखिएको टिप्पणी गरे। जनताका दैनिक समस्या र आवश्यकतामा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ थियो।

निर्वाचन नजिकिँदै गएको सन्दर्भमा महामन्त्री पौडेलले सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई कांग्रेसले प्रमुख राजनीतिक एजेन्डा बनाउनुपर्ने धारणा राखे।

उनले नागरिकसँग आत्मीय सम्बन्ध स्थापित गर्दै उनीहरूका समस्या र पीडालाई बुझेर समाधानका लागि पहल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। जनताको दुःखमा साथ दिने मात्र नभई मुलुकको समग्र विकासका लागि स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय