काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पुराना राजनीतिक दलहरूलाई विस्थापित गर्नुभन्दा समय र परिस्थितिअनुसार विचार तथा संगठनको नवीकरण र पुनर्गठन गर्नुपर्ने बताएका छन्।

उनले पुराना दलको अन्त्य गरेर नयाँ दल मात्रै आवश्यक छन् भन्ने सोचलाई अराजकतावादी धारणा भन्दै आलोचना गरेका छन्। बदलिँदो राजनीतिक परिस्थिति, कृत्रिम बुद्धिमत्ता (एआई) र प्रविधिको विकासलाई आत्मसात् गर्दै राजनीतिक दलहरूले नयाँ दृष्टिकोण र कार्यशैली विकास गर्नुपर्ने उनको भनाइ छ।

खनालले नयाँ राजनीतिक दलहरू डिजिटल मुद्दा र प्रविधिमा केन्द्रित देखिए पनि जनताका आधारभूत समस्या तथा संगठनात्मक संरचनाको सवालमा कमजोर रहेको टिप्पणी गरेका छन्।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्यबारे टिप्पणी गर्दै उनले आगामी निर्वाचन जनताका लागि दलहरूको मूल्यांकन गर्ने अवसर हुने बताए। अहिलेको लोकप्रियतामै निर्भर रहे रास्वपा दीर्घकालीन रूपमा कमजोर संगठन भएको पार्टीमा सीमित हुन सक्ने उनको चेतावनी छ।

उनले राजनीतिक दलहरूको वास्तविक शक्ति लोकप्रियता मात्रै नभई स्पष्ट विचार, बलियो संगठन र जनताका समस्यासँग जोडिएको राजनीतिक कार्यदिशामा निर्भर रहने धारणा व्यक्त गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय