सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार अध्यक्ष शाहीले बिहीबार गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका–४ निवासी पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेका थिए ।

प्रारम्भिक विवरणअनुसार, लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै चालक सिंह रकम माग्न अध्यक्ष शाहीकहाँ पुगेका थिए । उनी विगत पाँच–छ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेको बताइएको छ ।

कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय