काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा व्यापक छलफलपछि मात्रै धारणा तय गर्ने जनाएको छ ।

निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलका प्रतिनिधिसँग गरेको छलफलपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो बताएका हुन् ।

उनका अनुसार निर्वाचन एकैपटक गर्दा हुने फाइदा तथा चुनौती र छुट्टाछुट्टै गर्दा पर्ने प्रभावबारे सबै पक्षसँग छलफल आवश्यक छ । आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाको सुझावका आधारमा मात्रै उपयुक्त निष्कर्षमा पुग्नुपर्ने रास्वपाको धारणा छ ।

खरेलले शुक्रबारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसैबाट पार्टीको आधिकारिक धारणा तय नहुने स्पष्ट पारे । थप परामर्शपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय