महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१, सानो कुशमाडीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ ।

शुक्रबार बिहान स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।

प्रहरीका अनुसार पुलामी बिहीबार घाँस काट्न घरबाट निस्किएकी थिइन् । तर, उनी शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

शवको प्रारम्भिक अवस्था हेर्दा घाँटीमा गम्छा कसिएको जस्तो देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनाबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय