काठमाडौं । एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको पहिलो खेलमा नेपालले भारत ‘ए’विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जित्दै भारत ‘ए’लाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपालको प्लेइङ–११ :
१. सन्दीप लामिछाने (कप्तान)
२. कुशल भुर्तेल
३. अर्जुन कुमाल
४. वसिर अहमद
५. लोकेश बम
६. दीपक डुम्रे
७. नन्दन यादव
८. पवन सर्राफ
९. रासिद खान
१०. ललित राजवंशी
११. प्रतिश जिसी








