धनुषा । धनुषामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मिथिला नगरपालिका–१० स्थित सडकमा शुक्रबार दिउँसो बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो।

प्रहरीका अनुसार नाम, थर र ठेगाना नखुलेका ती पुरुष कारको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सरकारी अस्पताल बर्दिबास लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।

घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय