काठमाडौँ । नेपाल चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार अबेर साँझ सम्पन्न संघको ५२ औँ साधारण सभाले तीन वर्षे कार्यकालका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनले अध्यक्षका अर्का प्रतिस्पर्धी गोपालकाजी कायस्थलाई १६ मतले पछि पार्दै जित हासिल गरेका हुन् ।

यस्तै, संघको कार्यसमिति सदस्यहरू भने निर्विरोध चयन भएका छन् । चलचित्र प्रदर्शकको खुला समूहतर्फ दुर्गालाल प्रधान, मिजास पोखरेल, आशिष तामाङ र योगेन्द्र मल्ल ठकुरी गरी चार जना चयन भएका छन् । त्यसैगरी, चलचित्र वितरकको तर्फबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही गरी दुई सदस्य चयन भएका छन् ।

प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चेतन बराल तथा बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ चयन भएका छन् । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्य पदमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन् ।

नेपाल चलचित्र संघ नेपाली चलचित्र प्रदर्शक तथा वितरकहरूको संस्था हो । संघको नयाँ नेतृत्वले चलचित्र प्रदर्शन तथा वितरण व्यवसायसँगै समग्र नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौती समाधानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय