नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच आइतबार साँझ भेटवार्ता हुने भएको छ।

दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाह बसेको ताज होटलमा विदेशमन्त्री जयशंकर भेटका लागि पुगेका छन्।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय