काठमाडौं — काठमाडौंको कीर्तिपुर नगरपालिका–९ ढल्पामा रहेको सिरक–डसना उद्योगमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आइतबार दिउँसो करिब २:३० बजे आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

आगलागीबाट उद्योगमा रहेका तीन वटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक–डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय