काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका–१६ स्थित उक्त गेस्ट हाउसमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट १ लाख ९३ हजार १८५ रुपैयाँ नगद र चार बुक तास बरामद गरेको जनाएको छ।








