बैतडी । बैतडीमा बसबाट ओर्लिने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्द रहेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए।

घाइते चन्दलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए।

घटनापछि प्रहरीले बस र चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्दलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय