काठमाडौँ । काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलङ्की बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई काठमाडौँको स्वयम्भू बस्न विशाल लामालाई पक्राउ गरेको हो ।

बा १ ज ९८०५ नम्बरको माइक्रोबस कात्तिक २९ गते नागार्जुन नगरपालिका बाफलबाट हराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले मङ्सिर २ गते कलङ्कीबाट चोरी भएको माइक्रोबस बरामद गरेको थियो । पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय