काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् ।
रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् ।
रोहितको विवाहका लागि कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए ।
यसअघि करण केसीले पनि नेपालबाहिर बिहे गरेका थिए । उनले भारतको चण्डीगढमा प्रेमिका वर्षा बस्नेतसँग विवाह गरेका थिए ।








