काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय रोशन गोले र सिन्धुलीको मरिण गाउँपालिका–२ का ४६ वर्षीय लीलाबहादुर गरंजा रहेका छन्।

प्रहरीका अनुसार विज्ञान इटनीले दुई जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० लाख ९५ हजार रुपैयाँ, पुष्पराज सोनीले एक जनाबाट पाँच लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

त्यस्तै, रोशन गोलेले दुई जनाबाट दुई लाख ५० हजार रुपैयाँ र लीलाबहादुर गरंजाले दुई जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

आकर्षक रोजगारी र तलबको प्रलोभन देखाएर रकम असुलेपछि सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय