काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरीत सम्झौता भएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु लम्पसार पर्ने पुरानै प्रवृत्ति पुनः दोहोरिएको टिप्पणी गरे।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिने गरी सन् १९५० को सन्दर्भसँग जोडिएका प्रावधान पुनः ब्युँताइएको आरोप लगाउँदै सरकार र प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन्।

त्यस्तै, भारतको सुरक्षा निकायले तालिम तथा प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको दाबी छ।

रावलले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा नभई राष्ट्रिय स्वाधीनता र आफ्नै हितको संरक्षणमा आधारित हुनुपर्ने बताए। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद तथा असमान सन्धिजस्ता संवेदनशील विषयले प्राथमिकता नपाएको भन्दै उनले सरकारको आलोचनासमेत गरे।

यसैबीच, दुई पूर्वश्रममन्त्रीको गिरफ्तारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेतासमेत जोडिएको अवस्थामा उनीहरूमाथि कानुन किन आकर्षित नभएको भन्दै रावलले प्रश्न उठाएका छन्।

सुशासन कायम गर्न कानुनको पालना, विधिको शासन र मौलिक अधिकारको सम्मान गर्ने पहिलो जिम्मेवारी प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय