काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।
जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा सोमबार भएको क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
हङकङले पहिलो सेटमा २५–२० र दोस्रो सेटमा २५–१९ को सहज जित निकाल्दा तेस्रो सेट प्रतिस्पर्धात्मक भयो । अन्तिममा हङकङले २८–२६ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।
अब नेपालले ११औं स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । फिलिपिन्स र मंगोलियाबिचको पराजित हुने टोलीले नेपालसँग ११औं स्थानका लागि खेल्नेछ ।








